RBB को परिक्षामा सोधिने महवपूर्ण Short Question को जानकारी

मर्चेन्ट बैंकर

धितोपत्र निष्काशन तथा बिक्रि वितरण र प्रबन्धसाग सम्बन्धित आवश्यक सम्पुर्ण काम गर्ने उद्देश्यले स्थापना गरिएको धितोपत्र बोर्डबाट अनुमति प्राप्त बित्तीय संस्थानै मर्चेन्ट बैंक हो । बैंकिङ क्षेत्र वित्तीय बजार र पूाजीबजार गरी दूई किसिमबाट कार्यरत क्षेत्र हो । जस अनुसार सरकारी बैंकहरु, बाणिज्य बैंकहरु, डेभलपमेन्ट बैंकहरु तथा लघुवित्त बैंकहरु बित्तिय बजार अन्तरगत पर्दछन् भने मर्चेन्ट बैंक पुाजी बजार अन्तरगतको शाखा हो ।

मर्चेन्ट बैंक आफौमा अलग प्राइभेट बैंक होइनन् यिनिहरु बैंक तथा वित्तीय संस्थाहरुको सहायक कम्पनी हुन् । नियमनकारी संस्था नेपाल धितोपत्र बोर्डले दिएको कार्य अधिकार तथा क्षेत्र अनुसार मर्चेन्ट बैंकहरुले काम गर्ने गर्दछन् । जस अनुसार मर्चेन्ट बैंकहरुले आप्mनो लिडिङ कम्पनीको पुाजी व्यवस्थापन गर्ने, सेकेण्डरी तथा संगठित संस्थाको तर्फबाट सेयरधनीको अभिलेख राख्ने र म्युचुअल फण्डको मामीलामा जम्मा फण्ड व्यवस्थापन गर्ने जस्ता कामहरु गर्छन् । यसबाहेक बैंक तथा वित्तीय संस्थाहरुको मर्जर हुन्छ  ।

डिम्याट खाता

सेयर प्रमाणपत्र तथा अन्य धितोपत्रलाई कुनै बैंङ्कमा खाता खोलेर जम्मा गर्नुलाई सेयर अभौतिकीकरण अथवा डिम्याट गर्नु भनिन्छ । यस्तो खातालाई हितग्राही खाता पनि भनिन्छ । आफुसाग भएको भौतिक सेयर प्रमाणपत्रलाई डिम्याट गराएपछि आफुसाग सेयर प्रमाणपत्रको कागज चाहिादैन, त्यो बैंकमा रहेको डिम्याट खातामा हुन्छ । यसो भएपछि सेयर खरीदविक्री गर्न सहज हुन्छ, खरीदविक्रीको साफसाफ छिटो हुन्छ र प्राप्त हुने बोनस सेयर तथा हकप्रद सेयर आफ्नो हितग्राही खातामा सीधै जम्मा हुन्छ । त्यसैले त्यस्तो सेयरको प्रमाणपत्र लिन कम्पनीमा धाइरहनु पर्दैन ।

लाभांश र बोनस सेयर

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो ।यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिइमा बोनश सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पुाजीकरण गर्नका लागि विधमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर (बोनश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूाजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्धारा निर्णय गरिन्छ ।

वासलात (व्यालेन्स सिट)

कुनै पनि संस्थाको आर्थिक स्थिती, जस्तै, सम्पती, दायित्वको यथार्थ जानकारीको लागि तयार गरिने विवरणलाई वासलत भनिन्छ । वासलतलाई संस्थाको कानूनी मान्यता प्राप्त विवरणका रुपमा लिइन्छ । व्यावसायिक संस्थाको हकमा नाफा नोक्सान हिसाब खाता बनाईसकेपछि अन्त्यमा बनाईने हिसाब वासलात हो । वास्तवमा यो कुनै खाता होइन्, खाताहरुको निचोड वा सारांश हो ।

प्रत्येक आर्थिक वर्षको अन्त्यमा वासलत बनाउनुपर्दछ । वासलतले गर्ने आर्थिक अवस्थाको चित्रण वासलात तयार गरिएको दिनको हुन्छ । व्यापारीले व्यापारको यथार्थ आर्थिक अवस्थाको जानकारी प्राप्त गर्न चाहन्छ । नाफा नोक्सान हिसाब खाताले कुल नाफा वा कुल नोक्सान केहि भए वा नभएको जानकारी दिन्छ साथै सो खाताले खुद नाफा वा खुद नोक्सान निर्धारण गर्न सहयोग गर्दछ ।

ब्लू चिप सेयर

संगठित संस्थाको कुशल ब्यवस्थापन गरी लामो समयदेखि नाफा कमाउादै र लगानीकर्ताहरुलाइ लाभांश प्रदान गर्दै आउनुको साथै लगानीकर्ताहरुप्रतिको जवाफदेहिताप्रति सजग हुदै लगानीकर्ताहरुको विश्वास समेत जित्न सफल हुने संस्थाको सेयरलाई ब्लू चिप सेयर भनिन्छ । यस प्रकारका सेयरहरुको प्राय: बढि मूल्य कायम भै रहेको हुन्छ भने लाभांश मध्यमस्तरको प्राप्त भैरहेको हुन्छ ।

लभांश र बोनस सेयर

कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना सेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्ता लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने सेयरमा दिएमा बोनश सेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनिको बचत वा जगेडाकोषलाई पूाजीकरण गर्नका लागि विधमान सेयरवालाहरुलाई यस प्रकार थप सेयर (बनोश सेयर) प्रदान गरिन्छ वा चुक्ता पूाजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्धारा निर्णय गरिन्छ ।

डिवेञ्चर

तोकिएको दर र समयमा साँवा तथा व्याज भुक्तानी गर्ने शर्तमा जारी गरिएको धितोपत्रलाई डिवेञ्चर भनिन्छ । यसको अंकित मुल्य साधारणत: १ हजार रुपैया हुन्छ । डिवेञ्चरहरुले आफुले गरेको लागानी रकममा तोकिएको दरमा वार्षिक वा अर्ध वार्षिक रुपमा व्याज प्राप्त गर्दछन । साधारण सेयर र अग्राधिकार सेयरमा लांभाश दिनु अघि नै डिवेञ्चरवालाहरुले व्याज प्राप्त गर्दछन् । संगठित संस्था नोक्सानीमा गए पनि डिवेञ्चरवाहरुले तोकिएको ब्याज प्राप्त गर्न कुनै वाधा पर्दैन ।

डिवेञ्चरवाल र संगठित संस्थाको सम्बन्ध साहु र ऋणीको जस्तो हुन्छ । यदि, कम्पनीले तोकिएको दर र समयमा ब्याज प्रदान गर्न असमर्थ भएमा डिवेञ्चरवालाहरुले कम्पनी खारेजीमा पठाउन कार्यवाही चलाउन सक्छन् । प्राय: जोखिम लिन नचाहने लगानीकर्ताहरु डिवेञ्चरमा लगानी गर्न रुचाउँछन् । डिवेञ्चरवालाहरुलाई कम्पनीको वार्षिक साधारण सभामा सहभागी हुने अवसर र मतदान अधिकार प्राप्त हुँदैन ।

वारेन्ट

कुनै निश्चित समयमा तोकिएको संख्या र मुल्यमा साधारण सेयर खरिद गर्न सकिने गरी जारी गरिएको धितोपत्र औजारलाई वारेन्ट भनिन्छ । अर्को शब्दमा भविष्यमा कम्पनीको साधारण सेयर खरिद गर्न लगानीकर्ताहरुलाई दिइएको अधिकार नै वारेन्ट हो । सामान्यत: बण्डको निष्काशनलाई लगानीकर्ताहरु समक्ष आकर्षक गराउन बण्डसँगै वारेन्ट पनि दिइन्छ ।

भविष्यमा गएर वारेन्ट प्रयोग गरी साधारण सेयर लिने वा नलिने विकल्प सम्बन्धमा निर्णय लिन लगानीकर्ता स्वतन्त्र हुन्छ । वारेन्ट प्रयोग गर्दा यो साधारण सेयरमा परिवर्तन हुन्छ तर बण्ड भने जस्ताको त्यस्तै रहन्छ । वारेन्ट निष्कासन गर्दा भविष्यमा साधारण सेयर खरिद गर्नका लागी भुक्तानी गर्नुपर्ने मुल्य, वारेन्ट प्रयोग गरी साधारण सेयर प्राप्त गर्न सकिने अनुपात र वारेन्ट प्रयोग गरि सक्नु पर्ने समयावधि जस्ता कुराहरु खुलाइएको हुन्छ ।

ट्रेजरी बिल

ट्रेजरी बिल एक वर्ष वा एक वर्ष भन्दा कम अवधिको आन्तरिक ऋणपत्र हो । ट्रेजरी बिल २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ अवधिको निष्कासन गर्ने गरिएको छ । हाल २८ दिने ट्रेजरी बिल प्रयोगमा रहेको छैन । यी विभिन्न अवधिका ट्रेजरी बिलहरु आवश्यकतानुसार निष्कासन गरिन्छन् । सरकारलाई आवश्यक पर्ने अल्पकालिन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो विल विक्री गरिन्छ । निष्कासन र बोलकबोलमा प्रयोग गरिने विधि ट्रेजरी बिल बोलकबोलको माध्यमवजाट निष्कासन हुने गर्दछ ।

बोलकबोलमा बहु–बोलमुल्य विधि (अमेरिकी बोलकबोल प्रणाली) प्रयोग गरिन्छ । बोलकबोल ट्रेजरी बिलको बोलकबोल मुल्यमा गर्नुपर्दछ । एकै व्यक्ति वा संस्थाले अलग–अलग वा बहु–मुल्यमा पनि बोल गर्न सकिने व्यवस्था छ । बोलकबोलको माध्यम ट्रेजरी बिलको बोलकबोल अनलाइन बिडिङ प्राणालीको माध्यमबाट गर्नु पर्दछ । ट्रेजरी बिलमा ब्याजदरको सटा डिसकाउण्ट दर लागु गरिन्छ । डिस्काउण्ट दर बोलकबोलको माध्यमवाट निर्धारण हुन्छ ।

आस्वा प्रणाली

धितोपत्र सेयरको सार्वजनिक निष्कासनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँड नहुन्जेलसम्म आवेदकै बैंंक खातामा रो्क्का हुने व्यवस्था आस्वा प्रणाली हो । लगानीकर्ता धितोपत्रको सार्वजनिक निष्कासनका लागी धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमति प्राप्त र आफनो खाता रहेको बैंक वा वित्तिय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ । धितोपत्रको आवेदनका लागी अनुमति प्राप्त बैक वा वित्तिय संस्था तथा सम्बन्धित शाखा कार्यालयहरुले धितोपत्र वोर्डले तोके बमोजिमको ढाँचामा दरखास्त फारम तयार गरी लगानीकर्तालाई उपल्बध गराउने छन् ।

बैंक वा वित्तिय संस्थाले दरखास्त संकलन गर्न विधुतिय प्रणाली (अनलाइन सिस्टम) को समेत प्रयोग गर्न सक्नेछन् । आवेदन फारम बुझेपछी बैंक वा वित्तिय संस्थाले सम्बन्धित लगानीकर्तालाई आवेदन बुझेको प्रमाण स्वरुप वोर्डले तोके बमोजिमको बिल दिनेछन् । सेयर खरिदका लागी आवेदन प्राप्त गर्ने बैंक वा वित्तिय संस्थाले सेयर बाँडाफाँड नहुन्जेल सम्म झिक्न नपाउने गरी आवेदकको खातामा रहेको रकम ब्लोक गरिएको हुन्छ । 

क्रेडिट कार्ड

क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै बस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकम सम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । अहिले खर्च गर पछि तिर्दै गए हुन्छ, भन्ने गरी यो कार्ड जारी गरिएको हो । क्रेडिट कार्ड मार्फत उपभोक्ताले ४५ दिन सम्म सीमा भित्रको रकम बिना ब्याज प्रयोग गर्न पाउँछन् । तर त्यो अवधिभित्र चुक्ता गरेन भने लेट फी र सामान्य भन्दा बढी दरको ब्याज तिनुपर्ने हुन्छ । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरिी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागी केहि शुल्क भने काटिन्छ ।

नेपालमा क्रेडिट कार्ड कम्ति रुपमा प्रयोग हुन्छ । बैंकहरुले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । मुलत: बैंकहरुले तिर्न सक्ने क्षमतामा विश्वास जितेका ग्राहकका लागी यो कार्ड जारी गर्दछन् । विकसित देशमा मानिसको उमेर, आय, स्वास्थ्य अवस्था, परिवा लगायतका विभिन्न सुचना भएपछि उसलाई कति सम्म रकम पत्याउन सकिन्छ । भन्ने हिसाव निकाल्नछन् ।

अन्तरबैंक विधुतीय भुक्तानी प्रणाली

यो बैंक तथा वित्तिय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन गरिने कारोबार एवम् फछ्रयौट व्यवस्थापनका लागी सञ्चालन गरिएको भुक्तानी प्रविधि हो । नेपाल क्लियरिङ हाउस लिमिटेडले यो प्रविधि नेपालमा भित्रयाएको हो । गत भदौ एक गते देखी सञ्चालनमा आएको यस प्रणालीमा हाल सम्म ६० बैंक तथा वित्तिय संस्थासंग प्रत्यक्ष सदस्यको रुपमा र तीन रेमिट कम्पनीसंग अप्रत्यक्ष सदस्यको रुपमा सम्झौता भइसकेको छ भने क वर्गका सवै बैंकहरु आवद्ध भइसकेका छन् । कम्पनीको विधुत्तिय भुक्तानी प्रणालीबाट ग्राहकले अनलाईन मार्फत या बैंकमा फर्म भरेर अर्काे बैंकको खातामा रकम भुक्तानी दिन सक्नेछन् ।

Please click this link for more educational information

Thanks for visiting our blog

Follow us for more information

Share and Enjoy !

Shares

Leave a Reply

Your email address will not be published.

Translate »
error: Content is protected !!