Functions of Nepal Rastra Bank

नेपाल राष्ट्रबैंकका उद्देश्यहरू. नेपाल राष्ट्रबैंक ऐन, २०५८ अनुसार नेपाल राष्ट्र बैंकको उद्देश्य देहाय बमोजिम रहेका छन् :

  • अर्थतन्त्रको दिगो विकासको निमित्त मूल्य र शोधनान्तर स्थिरता कायम गर्नको लागि (Functions of Nepal Rastra Bank) आवश्यक मौद्रिक तथा विदेशी विनिमय नीति निर्माण गरी सोको व्यवस्थापन गर्ने,
  • बैंकिङ तथा वित्तीय क्षेत्रको स्थायित्व र आवश्यक तरलतालाई प्रवर्द्धन गर्ने,
  • सुरक्षित स्वस्थ तथा सक्षम भुक्तानी प्रणालीको विकास गर्ने,
  • बैंकिङ तथा वित्तिय प्रणालीको नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने, ।
  • नेपाल अधिराज्यको समग्र बैंकिङ तथा वित्तिय प्रणालीको सम्बर्द्धन गरी सो प्रति सर्वसाधारणको विश्वसनियता अभिवृद्धि गर्ने ।

राष्ट्र बैंकका परम्परागत कार्यहरूः

राष्ट्र बैङ्कका परम्परागत कार्यहरूलाई देहाय अनुसार उल्लेख गर्न सकिन्छ :

१. मुद्रा निस्काशन गर्नु,

२. सरकारी बैङ्कको रूपमा काम गर्नु,

३. बैङ्कहरूको बैङ्कको रूपमा काम गर्न,

४. बैकिङ प्रणालीको विस्तार र विकाससम्वन्धी विभिन्न कार्य गर्नु,

५. साख नियन्त्रणको कार्य गर्नु,

६. विदेशी मुद्राको संरक्षण सम्वन्धी कार्य गर्नु,

७. अन्तिम सहयोगीको रूपमा काम गर्नु,

८. आर्थिक अनुसन्धान तथा सर्वेक्षण गर्नु,

९. उद्योग विकास सम्वन्धि कार्य गर्नु आदि ।

नेपाल राष्ट्रवैङ्कको काम कतर्व्य र अधिकारहरू :-

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ अनुसार नेपाल राष्ट्र बैंकको काम कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ।

(क) बैंकको नोट तथा सिक्का निष्काशन गर्ने,

(ख) मूल्य स्थिरता कायम गर्न आवश्यक मौद्रिक नीति तर्जुमा गर्ने र सो नीति कार्यन्वयन गर्ने गराउने,

(ग) विदेशी विनिमय नीति निर्माण गर्ने तथा सो नीति कार्यान्वयन गर्ने गराउने,

(घ) विनिमय दर पद्धति निर्धारण गर्ने,

(ङ) विदेशी विनिमय संचितिको व्यवस्थापन र सञ्चालन गर्ने,

(च) वाणिज्य बैंक तथा वित्तीय संस्थालाई बैङ्किङ्ग तथा वित्तीय कारोबार गर्न इजाजतपत्र जारी गर्ने, त्यस्तो कारोबारको सम्बन्धमा आवश्यक नियमन, निरीक्षण, सुपरिवेक्षण तथा अनुगमन गर्ने,

(छ) नेपाल सरकारको बैंङ्कर, सल्लाहकार तथा वित्तीय एजेन्टको रूपमा कार्य गर्ने,

(ज) वाणिज्य बैंक तथा वित्तीय संस्थाको बैङ्क तथा अन्तिम ऋणदाताको रूपमा कार्य गर्ने,

(झ) भुक्तानी, फछर्यौट (क्लियरिङ्ग) तथा हिसाब मिलान (सेटलमेन्ट) पद्धतिको स्थापना तथा प्रवर्द्धन गरी सो कार्यलाई नियमित गर्ने,

(ञ) यस ऐन बमोजिम बैङ्कको उद्देश्य हासिल गर्नको निमित्त बैंकले गर्नु पर्ने अन्य र आवश्यक कार्यहरू कार्यान्वयन गर्ने, गराउने ।

नेपाल राष्ट्रबैंकका कार्यहरूलाई विषयगत रुपमा निम्नानुसार उल्लेख गर्न सकिन्छ:-

१. नोट निष्कासन गर्नुः देशको केन्द्रीय बैंक भएको नाताले नोट निष्कासनको एकाधिकार यस बैंकलाई छ। राष्ट्र बैंकको स्थापना पूर्व नेपाल सरकारअन्तर्गत नै सदर मुलुकी खाना नामक अड्डाले यो कार्य वि.सं. २००२ सालदेखि गर्दै आएको थियो। यस बैंकको नोट विभागले नोट (Functions of Nepal Rastra Bank) निष्कासनको कार्य गर्दछ भने टक्सार विभागले टकमरी गर्ने गर्दछ। नेपाल राष्ट्र बैंकले समानुपातिक संचय प्रणाली अनुसार नोट निष्कासन गर्दछ । राष्ट्र बैंकले आफूले छापेको मुद्राको भुक्तानी दिन नसकेमा नेपाल सरकार जवाफदेही हुन्छ । तसर्थ यस बैंकले निष्कासित नोटको सुरक्षण वापत ५० प्रतिशत सुन, चाँदी, विदेशी मुद्रा, विदेशी सुरक्षण पत्र र विनिमय पत्रहरूमा र बाँकी ५० प्रतिशत नेपाल सिक्का र सुरक्षण पत्रहरूमा राख्दछ।

२. सरकारी बैंकको रूपमा कार्य गर्ने : नेपाल राष्ट्र बैंकले नेपाल सरकारको सम्पूर्ण आम्दानी रकम विना व्याज सरकारी खाता खोली जम्मा गर्नुको साथै सरकारको आदेशानुसार भुक्तानी दिने कार्य गर्दछ । एक ठाउँबाट अर्को ठाउँमा रकमान्तर गर्नुका साथै सम्पूर्ण सरकारी विभाग, कार्यालय र संघ-संस्थाहरूको खाता सञ्चालन गर्दछ । यस बैंकले सम्पूर्ण सरकारी कारोबारको अभिलेख राख्ने, आर्थिक तथ्याङ्क र सूचना उपलब्ध गराउने, नेपाल सरकारको मौद्रिक एवं वित्तीय नीतिको सञ्चालकको रूपमा कार्य गर्ने, नेपाल सरकारले मञ्जुर गरेको शर्तमा राष्ट्र ऋण उठाउने, सरकारको आर्थिक सल्लाहकारको रूपमा कार्य गर्ने, सरकारको वारिसका रूपमा सरकारी सुरक्षणपत्रको किनबेच गर्ने, विदेशमा भुक्तानी पठाउने, सरकारको तर्फबाट हिसाब फर्छयौट आदि कार्यहरू सरकारी बैंकको रूपमा गर्दछ ।

३. बैंकहरूको बैंकको रूपमा कार्य गर्नः सर्वसाधारण जनताले अन्य बैंकहरूसँग कारोबार गरे जस्तै ती बैंकहरूले राष्ट्र बैंकसँग कारोबार गर्दछन् । जस्तो कि नगद मौज्दात बढी भएको खण्डमा वाणिज्य बैंकहरूले राष्ट्र बैंकमा आफ्नो खातामा रकम जम्मा गर्दछन् र आवश्यकतानुसार (Functions of Nepal Rastra Bank) उक्त खाताबाट रकम झिक्दछन् । राष्ट्र बैंकले तोकेअनुसार वाणिज्य बैंकहरूले आफ्नो कुल निक्षेप दायित्वको १ प्रतिशत नगद कोषको रूपमा जम्मा गर्नु पर्दछ । यसका साथै वाणिज्य बैंक तथा अन्य वित्तीय संस्थाहरूले कर्जा लगानी निक्षेपमा लिने दिने व्याजदर बैंकले तोकिदिएबमोजिम हुने भएकोले पनि यसलाई बैंकहरूको बैंकका रूपमा लिइन्छ ।

४. बैंकिङ प्रणालीको विकास र विस्तार सम्बन्धी कार्यः बैंकिङ प्रणालीको विकास र विस्तारका लागि अन्य बैंकलाई सल्लाह र सहयोग दिने कार्य यस बैंकले गर्छ । बैंकको सल्लाह मुताविक खोलिएका शाखाहरू घाटामा गएमा निश्चित समयसम्म नेपाल राष्ट्र बैंकले क्षतिपूर्ति दिने प्रावधान छ। नेपालमा बैंकिङ प्रणालीलाई विकसित र नियमित गराउन आवश्यक धितो वा जमानतमा वाणिज्य बैंक, कृषि विकास बैंक तथा नेपाल औद्योगिक विकास निगमलाई कर्जा उपलब्ध गराउने समेतका कार्य गर्दछ।

५. साख नियन्त्रणको कार्यः देशको केन्द्रीय बैंक भएको नाताले साख नियन्त्रण यसको प्रमुख कर्तव्य हो । बैंकिङ प्रणालीमा साखको अत्यन्त महत्त्वपूर्ण स्थान हुन्छ । तसर्थ अन्य बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्दछ । साख नियन्त्रणका लागि वाणिज्य बैंकहरूबाट खातामा जम्मा हुन आउने निक्षेप मध्यबाट तोकिएको प्रतिशत नेपाल राष्ट्र बैंकले जिम्मा लिने गर्दछ । बैंकिङ व्यवसायलाई मुद्रास्फिति (Inflation), मुद्रा संकुचन (Deflation) को प्रभावबाट बचाउन बैंक दर नीति, खुल्ला बजारको नीति, कर्जा सीमा तोक्ने अथवा व्याज दर परिवर्तन आदि उपायद्वारा शाख नियन्त्रण गर्दछ ।

६. विदेशी मुद्राको संरक्षणसम्बन्धी कार्यः देश भित्र हुने सम्पूर्ण विदेशी मुद्राहरूको कारोवार नेपाल राष्ट्र बैंकको नियन्त्रणमा हने गर्दछ । नेपाल राष्ट्र बैंक ऐन २०१२ ले विदेशी विनिमय सम्बन्धी एकाधिकार यस बैंकलाई प्रदान गरेको छ । नेपाल राष्ट्र बैंकको अनुमति विना कुनै पनि व्यक्ति वा संस्थाले विदेशी मुद्रा विनिमय सम्बन्धी कार्य गर्न पाउँदैन । विदेशी मुद्रा आर्जन गर्ने सम्पूर्ण व्यक्ति वा संस्थाले आफूले आर्जन गरेको विदेशी मुद्रा यस बैंकमा जम्मा गरी सटहीमा स्वदेशी मुद्रा भुक्तानी लिन् पर्दछ । त्यसै गरी वैदेशिक भुक्तानीका लागि विदेशी मुद्रा आवश्यक परेमा अवस्था हेरी बैंकले सटही सुविधा उपलब्ध गराउने व्यवस्था गर्दछ ।

७.अन्तिम सहयोगी (Last Resort) को रूपमा कार्य गर्नेः यहाँ अन्तिम सहयोगी भन्नाले देशमा रहेका अन्य बैंकहरूले ऋणको आवश्यकता पर्दा अन्य श्रोतबाट रकम उपलब्ध हुन नसकेमा त्यस्तो अवस्थामा राष्ट्र बैंकले ऋण प्रदान गर्दछ ।वाणिज्य बैंकहरूलाई लगानी गर्न आफूसंग भएको श्रोतले नभ्याउने भएमा यस प्रकारको ऋण आवश्यक पर्दछ र नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूसंग भएको शेयर प्रमाणपत्र, ऋणपत्रहरूमा छूट दिएर तथा उनीहरूलाई अधिविकर्ष (Over Draft) को सुविधा दिएर आवश्यकता परेको बखत पुँजी उपलब्ध गराउने भएकोले यसलाई अन्तिम सहयोगी मानिएको हो ।

८.आर्थिक अनुसन्धान तथा सर्वेक्षण: देशको वित्तीय एवं मौद्रिक स्थितिको सर्वेक्षण, मूल्याङ्कन र विश्लेषणका लागि यस बैंकले समयसमयमा लागत, तथ्याङ्क वा आर्थिक विवरणहरू सङ्कलन गरी देशको शोधनान्तर स्थिति विदेशी व्यापार, विदेशी मुद्रा प्रदाय आदिवारे जानकारी गराउने कार्यहरू गर्दछ । यस बैंकले देशको उद्योग, कृषि व्यापार निकासी पैठारी आदि विषयमा सूक्ष्म अध्ययन गरी अर्थव्यवस्थाका विभिन्न पक्ष बारे सरकारलाई आवश्यक परामर्श दिने कार्य गर्दछ ।

९. उद्योग विकाससम्बन्धी कार्यः औद्योगिक विकासका लागि नेपाल सरकारलाई सार्वजनिक क्षेत्रका उद्योग धन्दाहरूको विकासका निमित्त कर्जा प्रदान गर्दछ । यस्तो कर्जा केवल जमानतका आधारमा प्रदान गर्दछ । यस अतिरिक्त विभिन्न औद्योगिक परियोजनाहरूको परिचालन र विकासको निम्ति वाणिज्य एवं विकास बैंकहरू मार्फत पनि राष्ट्र बैंकले कर्जा उपलब्ध गराई आएको छ।

१०. बचत र पुँजीको परिचालन तथा सार्वजनिक वित्तको व्यवस्थाः यस बैंकले बचत र पूंजीको परिचालनका निम्ति आवश्यक व्यवस्था मिलाउँदछ र सार्वजनिक वित्त सङ्कलन गर्ने महत्त्वपूर्ण कार्य गर्दछ । देशमा छरपष्ट भएर रहेको पूंजीलाई बचतको रूपमा सङ्कलन गरी उत्पादक लगानीका (Functions of Nepal Rastra Bank) निम्ति वाणिज्य बैंकहरूलाई निर्देशन दिन्छ । सार्वजनिक वित्तको व्यवस्थाका निम्ति नेपाल सरकारले जारी गरेको विकास ऋण पत्र, ट्रेजरी बिल, आदि बिक्री गर्दछ । त्यसरी जारी गरिएका प्रलेखहरू पूरा बिक्री नभएमा राष्ट्र बैंक आफैले खरिद गरी सार्वजनिक वित्त संकलनमा ठूलो योगदान पुयाउँदछ।

११. अन्य कार्यहरूः उपर्युक्त बमोजिमका कार्यहरू बाहेक नेपाल राष्ट्र बैंकले देहाय बमोजिमका अन्य कार्यहरू समेत गर्दछ :

(क) देशका अन्य वाणिज्य र विकास बैंक मार्फत प्राथमिकता प्राप्त क्षेत्रहरूमा पुन:कर्जाको व्यवस्था गर्नु ।

(ख) बैंकिङ प्रथाको विकासका लागि प्रचार प्रसार तालिमको व्यवस्था गर्नु ।

(ग) बैंकहरूलाई अधिक वर्ष (Over Draft) को सुविधा प्रदान गर्नु ।

(घ) विनिमय बिलको पुन: भुक्तानी गर्नु ।

(ङ) ड्राफ्ट, आ.वा. र मेल ट्रान्सफरद्वारा सरकारी रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउनु,

(च) अन्तर्राष्ट्रिय बैंकिङ संस्थानहरूमा आफ्नो कोषको व्यवस्था गर्नु ।

(छ) विकास ऋणपत्रको सावाँ-व्याज भुक्तानी गर्नु । आदि ।

यो पनि पढनुहोस:-,

नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु

राष्ट्रिय वाणिज्य बैंक सम्बन्धी जानकारी

कर्जा लगानी केही सिद्धान्तहरुको ब्याख्या

निक्षेपका प्रकार एवं संकलन तथा परिचालन

व्यस्थापनका विशेषताहरु

ABBS र Mobile Banking को बारेमा जानकारी

RBB/NBL मा वृति विकासका लागी उपलब्ध अवसरहरु

Please click this link for more educational information

Thanks for visiting our blog

Follow us for more information

Share and Enjoy !

Shares

Leave a Reply

Your email address will not be published.

Translate »
error: Content is protected !!