ABBS र Mobile Banking को बारेमा जानकारी
कुनैपनि ग्राहकले आफ्नो बैंकिङ कारोबारका लागि विभिन्न digital माध्यमबाट पनि कारोबार गर्न सक्ने सुविधाको विकास भएको छ । आफ्नो साथमा भएको टेलिफोन तथा mobile or cell phone बाट बैंकमा सम्पर्क गरी बैंकिङ कारोबारको बारेमा जानकारी लिने तथा भुक्तानी आदेश तथा अन्य यस्तै प्रकारका सुविधाहरू उपयोग गर्न सक्ने व्यवस्था छ। त्यसैल virtual communication प्रणालीबाट पनि बैंकिङ कारोबार गर्न सकिने व्यवस्था हालको आधुनिक बैंकिङ प्रणालीमा पाइन्छ। आज बिना मानवीय उपस्थिति पनि बैंकिङ कारोबारहरू संचालन भएको पर्याप्ट उदाहरणहरू पाइन्छ । यसको लागि सामान्य password र उपलब्ध प्रविधिक साधनहरूबाट पनि कारोबार गर्न सकिने व्यवस्था भएको छ।
नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङका सम्बन्धमा निम्नानुसारको निर्देशन बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरेको छ।
१. इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले यस बैंकको स्वीकृति लिई आफ्ना ग्राहकहरूलाई तोकिएका शर्तहरूको अधिनमा रहने गरी देहाय बमोजिमका मोवाईल बैकिङ सेवा प्रदान गर्न सक्नेछन् :
(क) ग्राहकको खातामा रहेको मौज्दातको जानकारी प्रदान गर्ने ।
(ख) ग्राहकको आदेश बमोजिम तेस्रो पक्षको खातामा रकमान्तर गर्ने ।
(ग) कारोबार सम्पन्न भएपछि एसएमएस मार्फत सतर्कता सन्देश (SMS, Alert) प्रदान गर्ने ।
(घ) ग्राहकको खाताको कारोवार विवरण (Statement) प्रदान गर्ने ।
(ङ) चेक बुकको निमित्त अनुरोध स्वीकार गर्ने ।
(च) ग्राहकसंग भएको लिखित सम्झौता वा ग्राहकको आदेश अनुसार वस्तु खरीद वा सेवा उपभोग गरे वापतको रकम भुक्तानी गर्ने ।
(२) बैंक तथा वित्तीय संस्थाले मोवाइल बैंकिङ कारोबार सन्चालन गर्नु पूर्व संचालक समितिबाट यस सम्बन्धी नीतिगत व्यवस्था पारीत गरी प्रकृयागत व्यवस्था समेत
गरेको हुनु पर्नेछ।
(३) यो निर्देशन जारी हुनु अघि नै यस सम्बन्धी कारोवार संचालन गरिरहेका बैंक तथा वित्तीय संस्थाहरूले यो निर्देशन जारी भएको तीन महिना भित्र यस निर्देशन
बमाजिमको स्वीकृति लिनु पर्नेछ ।
(४) बैंक तथा वित्तीय संस्थाले कारोवारमा निहित जोखिमको मूल्याङ्कन गरी कारोवारको सीमा निर्धारण गर्नु पर्ने छ र सोको जानकारी यस बैंकलाई दिनु पर्ने छ।
(५) आधिकारिक प्रतिनिधि मार्फत हुने सेवाको सम्बन्धमा:
(क) बैंक तथा वित्तीय संस्थाले नियुक्त गरेको व्यवसायिक आधिकारिक प्रतिनिधिमार्फत आफ्ना ग्राहकहरूको लागि मोवाईल फोनको माध्यमबाट नगद जम्मा तथा भुक्तानीको सेवा प्रदान गर्न सक्ने छन।
(ख) खण्ड (क) बमोजिम हुने कारोबारको अभिलेख कारोवार सम्पन्न हुने वित्तिकै (Real Time effect) का आधारमा बैंक तथा वित्तीय संस्थामा रहेको सम्बन्धित ग्राहकको खातामा प्रविष्ट हुने व्यवस्था गरेको हुनु पर्ने छ।
(ग) व्यवसायिक आधिकारिक प्रतिनिधि मार्फत सेवा प्रदान गर्दा उत्पन्न हुन सक्ने सम्पर्ण जोखिमको अन्तिम दायित्व सम्बन्धित बैंक तथा वित्तीय संस्थाको हुनेछ।
(घ) बैंक तथा वित्तीय संस्थाले प्रतिनिधि मार्फत सेवा सन्चालन गर्ने स्थानहरूको आपसी दुरी कायम राख्ने सम्बन्धी नीतिगत व्यवस्था समेत पारित गरेको हुनुपर्ने छ।
यो पनि पढनुहोस:-
RBB/NBL मा वृति विकासका लागी उपलब्ध अवसरहरु
निक्षेपका प्रकार एवं संकलन तथा परिचालन
कर्जा लगानी केही सिद्धान्तहरुको ब्याख्या
RBB को परिक्षामा सोधिने महवपूर्ण Short Question को जानकारी
राष्ट्रीय बाणिज्य बैकको लागी चाहिने आवश्यक जानकारी
नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु
Please click this link for more educational information
Thanks for visiting our blog
Follow us for more information