LoksewaModel Questions

सामाजिक विवाद तथा द्वन्द्व  

सामाजिक विवाद तथा द्वन्द्व  

“सामाजिक रुपान्तरणका आधार साथै राज्यको समस्या र चुनौती दुवैको रुपमा सामाजिक विवाद तथा द्वन्द्व” 

सामाजिक विवाद

सामाजका व्यक्तिहरु विच एक आपसमा कुरा नमिल्नु, मनमुटाव हुनु, स्वार्थ वाझिनु सामाजिक विवाद हो।सामाजमा उत्पन्न (सामाजिक विवाद तथा द्वन्द्व) हुने विभिन्न किसिमको खटपटक सामाजिक विवाद हुन।यो व्यक्तिहरु विचको मतभेद हो। यो द्धन्द्वको शुरुको अवस्था हो।अर्थात यसको समयमा समूचित समाधान नहुदा द्धन्दमा परिणत हुन जान्छ।

     मानिस सामाजिक प्राणी हो।यसरी सामाजमा विभिन्न किसिमका विचार, धारणा, स्वभाव भएका मानिसहरु बसोवास गर्दछ । सामाजमा वसोबास गर्ने सवैको सोच, विचार, मूल्यमान्यता, दृष्टिकोण विभिन्न परिस्थिति अनुसार फरक-फरक हुने गर्दछ ।यसरी सामाजका यी व्यक्तिहरु विचको चाहना र विचारमा हुने मतभेद वा वेमेलको अवस्था नै सामाजिक विवाद हो। सामाजका विभिन्न जात, जाति, धर्म, वर्ग, लिङ्ग, सम्प्रदायका विचमा उत्पन्न हुने मतभिन्नता सामाजिक विवाद हो।

सामाजिक द्वन्द्व

सामाजका व्यक्तिहरु वा समूहहरुविच विचार, वुझाई, इच्छा, चाहना, आवश्यक्ता, उद्देश्य, सोचमा फरक हुदा उत्पन्न हुने द्वेष, झगडा, मनोमालिन्य एवं वैमनस्यता नै सामाजिक द्वन्द्व हो। यो विवादको उचित सम्वोधन हुन नसकी सिर्जना भएको अवस्था हो। अर्थात यो (सामाजिक विवाद तथा द्वन्द्व) विवादको विकसित रुप हो ।

     यो सामाजिक स्वार्थ पूरा गर्ने सिलसिलामा व्यक्तिगत वा सामूहिक सोच, धारणा, वुझाईका साथै शक्ति, स्रोत, साधन, (सामाजिक विवाद तथा द्वन्द्व) अधिकार एवं अवसरको लागि हुने गर्दछ ।यो सामाजको लागि आवश्यक एंव अनिवार्य शर्त हो । यसले सामाजलाई गतिशिल एवं रुपान्तरण गर्न सघाउ पुर्‍याउँदछ तर समयमा यसको उचित व्यवस्थापन भएन भने यसले सामाजलाई विखण्डको दिशातर्फ लैजानुका साथै ठुलो खतरा निम्त्याउदछ ।

सामाजिक विवाद/द्वन्द्वका अवधारणा/दृष्टिकोण:-

यसका अवधारणा/दृष्टिकोणलाई निम्न 2 तरिकाबाट हेर्न सकिन्छ । जसमा,

(क) परम्परागत अवधारणा/दृष्टिकोण

  • विवाद वा द्वन्द्व खराव हो,
  • यसले नाकारात्मक परिमाण मात्र निम्त्याउँदछ,
  • यसले  व्यक्तिगत वा संगठन विच दुश्मनी पैदा गर्दछ,
  • यो व्यवस्थापनको असक्षमताका कारणबाट हुने गर्दछ,
  • सकेसम्म विवाद वा द्वन्द्व सिर्जना नहुने वातावरण वनाउनु पर्छ,
  • यसको 1930 को अवधिसम्म मान्यता रहयो ।     

(ख) आधूनिक अवधारणा/दृष्टिकोण

  • स्वभाविक र सिर्जनात्मक हुन्छ,
  • अनिवार्य हुन्छ,
  • यो प्राकृतिक कुरा हो,
  • कतिपय अवस्थामा यसलाई लाभको रुपमा लिनुपर्छ,
  • निश्चित हदसम्म प्रोत्साहन गर्नू पर्दछ,
  • यो सामाजको गतिशिलताको लागि अनिवार्य छ,
  • यसको उचित व्यवस्थापन गर्नु पर्दछ,
  • यसले 1930 देखि 1970 को अवधिसम्म मान्यता पायो।

विवाद तथा द्वन्द्वका विशेषता :-

  • तनाव  वा संघर्षको अवस्था हो,
  • दुई वा दुई भन्दा वढी व्यक्तिहरुको संलग्नता वा विचमा हुने,
  • शक्ति, स्रोत, अवसर, अधिकारको लागि हुने,
  • सामाजलाई गितशिल बनाउदछ,
  • सामाजको अनिवार्य र आवश्यक तत्वको रुपमा रहने,
  • परिवर्तन एवं रुपान्तरणको आधार,
  • साकारात्मक एवं नाकारात्मक दुवै प्रकृतिको हुने,
  • समस्या सामाधानको आधारको रुपमा रहने ।

विवाद तथा द्वन्द्व विच फरक:-

सामाजिक विवादसामाजिक द्वन्द्व
सामाजका मानिसहरु वा समूहहरु विच मतभेद, मनमुटाव, खटपट,  कुरा नमिलेको अवस्था ।यो सामाजका व्यक्तिहरु विच भएको द्वेष, झैझगडा, मनोमालिन्य, वैमनस्यताको अवस्था हो।
यो छोटो अवधिका लागि हुने।यो लामो अवधि सम्म रहने गर्दछ।
सामाधान गर्न सजिलो हुने।सामाधान गर्न कठिन हुने।
हिंसा नहुन वा कम हुन सक्छ।यसमा हिंसा हुन सक्छ वा विनासकारी हुन्छ।
सामाजिक रुपान्तरणमा यसको भुमिका कम हुन्छ ।सामाजिक रुपान्तरणमा यसको भुमिका महत्वपूर्ण रहन्छ ।
यो सामान्य अवधारणा हो ।यो वृहत अवधारणा हो ।
विवादमा द्वन्द्व समावेश हु्दैन ।यसमा विवाद स्वत समावेश हुन्छ।
यो कुनै एक(Single Issue) कारणले गर्दा पनि उत्पन्न हुन सक्छ ।यो विभिन्न (Multiple Issue) कारणले गर्दा उत्पन्न  हुने हुन्छ ।

बैंक सम्बन्धी महत्वपुर्ण लिंक

विवाद तथा द्वन्द्व हुनुका कारणहरु :-

हरेक सामाजमा कुनै न कुनै रुपमा विवाद वा द्वन्द्व रहेकै हुन्छ । विवाद तथा द्वन्द्व हुनका पछाडि विभिन्न राजनैतिक, (सामाजिक विवाद तथा द्वन्द्व) आर्थिक, सामाजिक, जातिय, वर्गीय, क्षेत्रिय लगायतका कारणहरु रहेका हुन्छन । जुन समग्रमा निम्न छन:-

  • व्यक्तिहरु विचको सोच, विचार, धारणा, वुझाई विचको टकराव,
  • सीमित स्रोतसाधन प्राप्तिका लागि प्रतिस्पर्धा,
  • स्रोत साधनको वितरणमा असमानता कायम हुनु,
  • अवसरहरुमा सवैको सवैको समान पहुच कायम नहुनु,
  • सामाजिक शोषण, विभेद, छुवाछुत कायमै रहनु,
  • हुने नहुने, ठुला साना जातिको सोच व्यक्तिमा रहिरहनु,
  • वर्गीय, क्षेत्रिय, लैङ्गिक, धार्मिक भेदभाव,
  • ऐन, नितिमा विरोधाभास एवं अस्पष्टता हुनु,
  • बदलाको भावना हुनु,
  • सामाजमा गरिवी, वेरोजगारी तथा अशिक्षा कायमै रहनु,
  • आपसी समन्वय एवं छलफलको अभाव,
  • सञ्चार प्रणालीको अभाव हुनु,

सामाजिक विवाद/द्वन्द्वका प्रभाव/परिमाण

विवाद वा द्वन्द्वको स्तर त्यसको गम्भीरता, दायरा, प्रकृति एवं द्वन्द्व व्यवस्थाले त्यसलाई ग्रहण गर्ने तरिका आदी समेतलाई विचार (सामाजिक विवाद तथा द्वन्द्व) गर्दा यसको साकारात्मक र नाकारात्मक दुवै प्रभाव एवं परिमाण रहेको छ ।

(क) साकारात्कम परिमाण/प्रभाव अथवा सामाजिक विवाद/द्वन्द्व किन ? कति आवश्यक छ ?

  • सामाजमा लामो समयसम्म गुम्सीरहेको समस्याहरु बाहिर आउछ र त्यसलाई सामाधान गर्न सकिन्छ/हुनजान्छ,
  • सामाजलाई गतिशिल एवं स्फूर्त वनाउछ,
  • सामाजिक विभेद, शोषणको अन्त्य हुन्छ,
  • सामाजिक कुप्रथा, विकृतको अन्त्य गराउछ/घटाउछ,
  • सामाजिक सदभाव, एकता, सुसम्बन्ध कायम हुन जाने,
  • जवाफदेहिता एवं पारदर्शिता प्रवर्धन हुने,
  • व्यक्तिमा निर्णय गर्ने क्षमता अभिवृद्धि भई नेतृत्व विकास गर्ने अवस्थाको सिर्जना हुने,
  • सामाजिक मूल्य मान्यतालाई समयानुकुल परिमार्जन गराउदछ,
  • विकास कार्यमा गुणात्मक वृद्धि हुने ।

(ख) नाकारात्कम परिमाण/प्रभाव

  • सामाजका व्यक्तिहरु विच मनमुटाव, सहकार्य हुन छाडने,
  • सामाजिक विकृति, विभेदमा वृद्धि हुने,
  • सुसम्बन्ध, एकतामा खलल पार्ने,
  • विकास कार्य अवरुद्ध, ठप्प हुने,
  • जनधनको क्षति हुने खतरा,
  • राजनितिक अस्थिरता हुन जाने,
  • कमजोर वर्ग झन कमजोर हुने,
  • पूर्वाधारको विनास हुने,
  • राज्यलाई थप आर्थिक भार पर्ने,
  • शान्ति सुरक्षा माथी चुनौती थपिन जाने,
  • मानव विकास संसाधनमा नाकारात्मक प्रभाव पर्ने,
  • स्रोतसाधनको दुरुपयोग हुने हुन्छ ।

सामाजिक विवाद/द्वन्द्वको व्यवस्थापन

सामाजिक विवाद तथा द्वन्द्वले निम्त्याउने जोखिमलाई न्यूनिकरण गरी विवाद वा द्वन्द्वलाई साकारात्मक दिशातर्फ उन्मुख गराउने कार्यलाई विवाद वा द्वन्द्व व्यवस्थापन भनिन्छ ।

शान्ति, प्रगति, सिर्जनशिलता र अग्रगमन विवाद वा द्वन्द्व व्यवस्थापनको मुलभूत उद्देश्य रहन्छ ।

यसको व्यवस्थापनमा राजनैतिक नेतृत्व, प्रशासनिक संयन्त्र, नागरिक सामाजका अगुवा, सञ्चार माध्यम लगायतको महत्त्वपूर्ण रहन्छ भने द्वन्द्व व्यवस्थापनको सर्वोत्तम उपाय वार्ता, मेलमिलाप, समन्व्य, अन्तरक्रिया, मध्यस्थता, न्यायिक निर्णय हो ।

सामाजिक विवाद/द्वन्द्व सामाधानका विधि/उपाय/तरिकाहरु:-

  • वार्ता :- विवाद तथा द्वन्द्वका दुवै पक्ष वार्तामा बसी समस्या सामाधान गर्ने ।
  • मेलमिलाप :- यसमा विवादित पक्षले आफुलाई स्वीकार्य मेलमिलापकर्ता चयन गर्ने र मेलमिलापकर्ताले विवाद सामाधानका उपयुक्त हुने विकल्प दिई समस्या सामाधान गर्दछ ।
  • मध्यस्ता :- यसमा तेस्रो पक्षले मध्यस्ता गरी विवाद सामाधान गर्दछ ।
  • न्यायिक निर्णय :- यसमा अदालती प्रक्रिया अपनाएर न्यायमूर्तिबाट प्रमाणको आधारमा विवादलाई सामाधान गर्ने गरिन्छ ।

यसका साथै विवाद वा द्वन्द्वलाई निम्न तरिका/उपाय अपनाएर समेत सामाधान गर्न सकिन्छ :-

(क) प्रवर्द्वनात्मक उपाय :-

यो तरिका द्वन्द्वलाई सिर्जना हुन नदिन वा सिर्जना भएपनि तत्कालै त्यसलाई उपलब्धीसहित सामाधान गर्ने पद्धती हो । यसमा,

  • सामाजिक चेतनाको अभिवृद्धि गर्ने:-अधिकार, लाभ, विकृति, सदभाव, शोषणको बारेम।
  • सामाजिक अन्तरक्रिया एवं सम्वाद गर्ने :-विभिन्न पक्षहरु विचमा ।
  • सामाजिक धारणा सर्वेक्षण गर्ने :- विकास निर्माण, सेवा प्रवाह, प्राकृतिक स्रोतसाधनको उपयोगिताको बारेमा ।
  • विकास तथा सेवाका क्षेत्रका सरोकारवालाहरुको सहभागिता अभिवृद्धि गर्ने ।
  • स्रोतसाधनको वितरणमा समानता कायम गर्ने ।
  • सामाजिक न्याय र समानता कायम गर्ने ।
  • गरिबी, बेरोजगारी, अशिक्षा कम गर्ने कार्यक्रम सञ्चालन गर्ने ।
  • उचनिच, ठुलावडाको भावना त्याग्ने ।
  • उपयुक्त नितिको अवलम्बन गर्ने ।
  • चेतना मुलक कार्यक्र सञ्चालन गर्दै यसको परिमाण बारे जानकारी गराउने ।

(ख) उपचारात्मक उपाय :-

विवाद वा द्वन्द्व भई सकेपश्चात सो बढदै जाने र त्यसबाट सिर्जना हुने नाकारात्मक अवस्थामा अवलम्बन गर्ने तरिका हो उपचारात्मक । यसमा,

  • विवाद तथा द्वन्द्वको अवस्था आंकलन गर्ने :- के, कुन कारणले द्वन्द्व उत्पन्न भएको हो सो बारे ।
  • लेखाजोखा गर्ने :- विवाद वा द्वन्द्वको अवस्था कस्तो छ, कति प्रभाव पार्छ, परिमाण के हुन्छ बारे।
  • सञ्चार गर्ने :- विवाद वा द्वन्द्व व्यवस्थापहरुले एक आपसमा ।
  • सम्बोधन गर्ने :- विवाद तथा द्वन्द्व नचर्काउन सबैपक्षलाई आग्रह गर्ने, छलफल, वार्ताका लागि आग्रह गर्ने, मध्यस्थकर्ता र सहजकर्ता नियुक्त गर्ने ।
  • हस्तक्षेप गर्ने :- द्वन्द्व वा विवादमा संलग्न नहुन चेतावनी दिने, नियन्त्रण गर्न प्रशासनलाई आग्रह एवं परिचालन गर्ने, कानून उल्लघन गर्ने, विवाद वा द्वन्द्व चर्काउने, प्रोत्साहन गर्नेलाई कानूनी कारवाही गर्ने ।

नेपालमा विवाद तथा द्वन्द्वको अवस्था:-

(क) नाकारात्मक

  • सामाज राजनितिक विचारधाराका आधारमा विभाजित छ।
  • राजनितिक कारणले सामाजिक विवाद वा द्वन्द्व देखिएको छ।
  • राजनितिक कारणले गर्दा एउटै सामाजमा वस्ने मानिसहरुले एक अर्काप्रति वैरभाव प्रकट गरेका उदाहरणहरु छन।
  • जातिय, भाषिक, धार्मिक कारणले पनि विवाद सिर्जना भएको देखिन्छ।
  • सामाजिक विकृति, अपराधका पक्ष विपक्ष, संरक्षण र कारवाहीका विषयलाई लिएर विवाद भएको देखिन्छ।
  • राज्यले प्रदान गर्ने सेवा सुविधा अवसरलाई लिएर।
  • सरकारी निकायको स्थापनालाई लिएर समेत विवाद भएको देखिन्छ।
  • प्राकृतिक स्रोतसाधनको उपयोग । यी विभिन्न विषयलाई लिएर नेपालमा विवाद तथा द्वन्द्व सिर्जना भएको देखिन्छ तर पनि केही साकारात्मक पक्ष समेत रहेको देखिन्छ।

(ख) साकारात्मक

  • नेपालमा वर्गीय, जातिय, भाषिक, धार्मिक, क्षेत्रिय, राजनितिक घटना वाहेक नाकारात्मक असर परेको छैन।
  • सामाजिक एकता यति वलियो छ कि विवाद सामाधान गर्न सामाज आफै तत्त्पर छ।
  • वर्गीय, जातिय, भाषिक विवाद वा द्वन्द्व चर्काउन नहुने पक्षमा नेपाली सामाज रहेको छ।
  • सामाजिक एकता, सदभाव, सहिष्णुता, सहयोगी भाव कायम रहेको देखिन्छ।
  • स्थानिय सरकारको गठन पश्चात विवाद वा द्वन्द्व स्थानिय स्तरमा नै संवोधन एवं सामाधान गर्न टेवा पुगेको छ।
  • द्वन्द्वरत समूहसंग वेलावेलामा वार्ता, संवादका माध्यमबाट विवाद समाधान गर्दै आएको अवस्था छ।

नेपालमा सामाजिक विवाद तथा द्वन्द्व सामाधानका लागि भएका व्यवस्था/प्रयास अथवा सामाजिक विवाद तथा द्वन्द्व र नेपाल

नेपालमा विवाद तथा द्वन्द्व सामाधान गर्नका लागि विभिन्न संवैधानि, नितिगत, कानूनी एवं संस्थागत व्यवस्थाहरु गरेको पाइन्छ ।जुन निम्न छन :-

(क) संवैधानिक/नितिगत

  • लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा दिगो, शान्ति सुशासन, विकास र समृद्धिको आंकाक्षा पुरा गर्ने प्रस्तावनामा उल्लेख गरेको छ।
  • धारा 6 मा नेपालमा वोलिने सवै मातृभाषालाई राष्ट्रिय भाषाको रुपमा मान्यता प्रदान।
  • भाग 3 मा विभिन्न 31 वटा मौलिक हकको व्यवस्था ।
  • धारा 51(क) राष्ट्रिय एकता र सुरक्षा सम्बन्धी नितिमा विभिन्नि जात, जाति, धर्म, भाषा, सस्कृति र सम्प्रदायबीच पारस्परिक सदभाव, सहिष्णुता र ऐक्याबद्धता कायम गरि संघिय एकाईबिच परस्परका सहयोगात्मक सम्बन्धलाई विकास गर्ने उल्लेख ।
  • धारा 51(ख) राजनितिक तथा शासन व्यवस्था नितिमा सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउदै राज्यबाट प्राप्त हुने सेवा सुविधामा जनताको समान र सहज पहुँच सुनिश्चित गरी सुशासनको प्रत्याभूति गर्ने उल्लेख ।
  • धारा 51(ठ) को न्याय तथा दण्ड व्यवस्था सम्बन्धी नितिमा, सामान्य प्रकृतिका विवाद सामाधान गर्न मेलमिलाप, मध्यस्थता जस्ता वैकल्पिक विवाद सामाधानका उपाय अवलम्बन गर्ने उल्लेख गरेको ।
  • धारा 217 मा स्थानिय स्तरको विवाद सामाधान गर्न 3 सदस्यीय न्यायिक समिति रहने व्यवस्था  ।

(ख) कानूनी

  • स्थानिय सरकार सञ्चालन ऐन, 2074 मा न्यायिक समितिको अधिकारक्षेत्र तोकिएको।
  • मुलुकी अपराध संहिता ऐन, 2074
  • मुलुकी फौजदारी कार्यविधि संहिता, 2074
  • मुलुकी फौजदारी कार्यविधि नियमावली, 2075
  • न्याय प्रशासन ऐन, 2073
  • मध्यस्थता ऐन, 2055 तथा नियमावली, 2059
  • मेलमिलाप सम्बन्धी ऐन,2068 तथा नियमावली, 2071
  • स्थानिय प्रशासन ऐन,2028
  • वेपत्ता पारिएको व्यक्तिको छानविन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,2071

(ग) संस्थागत

  • विभिन्न तिन तहको अदालत(संविधानको धारा 127 मा सर्वोच्च, उच्च र जिल्ला अदालतहरु),
  • संवैधानि इजलासको व्यवस्था(संविधानको धारा 137)
  • अन्तर प्रदेश परिषदको व्यवस्था (धारा 234),
  • गृह मन्त्रालय,
  • सत्य निरुपण तथा मेलमिलाप आयोग,
  • वेपत्ता पारिएका व्यक्तिहरुको छानवीन आयोग,
  • जिल्ला प्रशासन कार्यालय,
  • न्यायिक समितिहरु(गाँउपालिक एवं नगरपालिकामा),
  • जिल्ला समन्वय समिति,
  • मेलमिलाप परिषद,
  • अदालतमा मेलमिलाप केन्द्र रहेको,
  • नेपाली सेना, सशस्त्र प्रहरी एवं नेपाल प्रहरी।

अन्त्यमा, विवाद तथा द्वन्द्व सामाजको अभिन्न अंग हो।यो हरेक सामाजमा कुनै न कुनै रुपमा रहेकै हुन्छ।यसलाई सामाजबाट पूर्ण रुपमा अलग गर्न सकिदैन तर उचित व्यवस्थापन गर्न सकिन्छ। चिनिया भाषामा एउटा उखान छ “तिमिहरु एक अर्कामा झगडा गरेका छैनौ भने तिमिहरुले एक अर्कालाई चिनेका छैनौ” भनेका छन।तसर्थ समय र परिस्थिति अनुसार उपयुक्त शैली, विधि, माध्यम, तरिका मार्फत यसलाई व्यवस्थापन गर्दै जानु आजको आवश्यकता हो।

Please click this link for more educational information

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights