व्यस्थापनका विशेषताहरु
१. गतिशील, निरन्तर, एकीकृत प्रक्रिया :
व्यवस्थापन एक गतिशील प्रक्रिया हो। देश, काल र परिस्थितिअनुसार व्यवस्थापनको तौरतरिका, कार्यविधि र कार्यक्रियामा परिवर्तन भइरहन्छ । परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप आफूलाई समायोजन गर्नु नै उत्तम. व्यवस्थापकीय कौशल हो। यस्तो व्यवस्थापकीय कौशललाई परिवर्तन व्यवस्थापन (Change Management) भनिन्छ । व्यवस्थापन निरन्तर प्रक्रिया हो । योजना, संगठन, निर्देशन र नियन्त्रण जस्ता व्यवस्थापकीय कार्य नियमित रूपमा सञ्चालन गरिन्छ ।
२. संगठनात्मक लक्ष्यप्राप्तिमा केन्द्रित :
व्यवस्थापन सदैव संगठनको लक्ष्य केन्द्रित (Target Oriented) हुन्छ। संगठनको लक्ष्य तथा उद्देश्य प्राप्तिका लागि व्यवस्थापनले संगठनको सम्पूर्ण व्यक्तिलाई परिचालन गर्छ । लक्ष्यप्राप्तिका लागि नै योजना, रणनीति, कार्यक्रम तथा कार्ययोजना तर्जुमा गर्ने सोको कार्यान्वयन गर्ने तथा अनुगमन तथा मूल्यांकन गर्ने गरिन्छ । व्यवस्थापनका सम्पूर्ण गतिविधि यसैतर्फ केन्द्रित हुन्छन् । उपलब्ध समिति स्रोत तथा साधनको प्रभावकारी रूपले परिचालन गरी बढीभन्दा बढी उपलब्धि हासिल गर्ने संयन्त्र नै व्यवस्थापन हो।
३. मानवीय र संगठनात्मक स्रोतहरूको सामञ्जस्यता :
व्यवस्थापनले आफ्नो व्यवस्थापकीय, सीप, कौशल, प्रभावकारिताका आधारमा मानवीय एवं संगठनात्मक अन्य स्रोतहरूबीच सामञ्जस्यता ल्याई एकीकृत रूपमा तिनको परिचालन गर्ने कार्य गर्छ।
४. सर्वव्यापकता :
व्यवस्थापन सर्वव्यापी छ । के व्यक्ति, के परिवार, के समाज, के व्यावसायिक संगठन, के संगठित संस्था, के गैरसरकारी संस्था, के सरकार सबैमा व्यावसायिक सिद्धान्तको प्रयोग र पालना हुन्छ । व्यावसायिक सिद्धान्तको पालनाबिना कुनै पनि व्यक्ति वा संगठनले आफ्नो लक्षित उद्देश्य पूरा गर्न सक्दैन । यस अर्थमा मानवीय क्रियाकलापका हरेक पक्षमा व्यवस्थापनको आवश्यकता र
अपरिहार्यता रहेको हुन्छ।
५. सामाजिक प्रक्रिया :
व्यवस्थापन एक सामाजिक प्रक्रिया हो । यसले संगठनको उद्देश्यप्राप्तिका लागि मानवीय स्रोतलाई संगठित गर्ने, उत्प्रेरित गर्ने र समन्वय गर्ने काम गर्छ ।
६. विज्ञान र कला दुवै :
व्यवस्थापन विज्ञान र कला दुवै हो । विज्ञानका रूपमा व्यवस्थापनले संगठनका समस्याहरू समाधान गर्ने बाटो पहिल्याउँछ भने कलाका रूपमा व्यवस्थापनका सिद्धान्तहरूमा व्यवहारमा प्रयोग गर्ने व्यवस्थापकीय कौशल सिकाउँछ ।
७. अध्ययनको विषय :
व्यवस्थापन आफैमा एउटा अध्ययनको विषय हो । यो अध्ययनका अन्य विषयहरू जस्तो इतिहास, राजनीतिकशास्त्र, समाजशास्त्र, अर्थशास्त्र आदिसँग अन्तरसम्बन्धित हुन्छ ।
व्यवस्थापकीय मूल्य र मान्यता:
- साधन र साध्यको शुद्धता।
- आत्मसचेतना ।
- अविवेकी सोचप्रति असहयोग ।
- सेवा भाव विश्वव्यापकीय सोच ।
- मानवीय प्रतिष्ठामा प्रतिबद्धता।
- स्वतन्त्रता।
- सन्तुष्टि ।
- प्रक्रियागत।
- उदाहरणीय व्यवहार
- प्रतीज्ञारत ।
- अपेक्षाकृत।
व्यवस्थापनका मूलभूत चरित्र वा विशेषताहरू:
- यो कला तथा विज्ञान दुवै (Science as well as art) हो ।
- यो एक प्रक्रिया (Process) हो ।
- यो एक अध्ययन विषय (discipline) हो ।
- यो काममुखी (work oriented) हुन्छ ।
- यो जहाँ पनि लागू (Universal) हुन्छ।
- यसमा सामूहिक प्रयत्न (Group effort) संलग्न हुन्छ ।
- यसले मानव क्षमता (Human capacity) बढाई दिन्छ।
- यसलाई सम्भावनाको कला (Art of possibility) र स्वीकार्यताको कला (Art of acceptability) पनि मानिन्छ।
- यो एक पेशा (Profession) हो।
- यो बहु आयमिक (Multidimensional) र बहु अनुशासित (Multidisciplinary)
- विषय पनि हो।
Pingback: सामाजिक विवाद तथा द्वन्द्व - Education Fiber