निक्षेपका प्रकार एवं संकलन तथा परिचालन
निश्चित समय पछि वा आवश्यकता भएको बखत फिर्ता लिन पाउनेगरी निश्ति सर्तहरु स्वीकार गरी बैंक तथा वित्तिय संस्थाले स्वीकार गर्ने खातावालाहरुको रकमको दायित्वलाई निक्षेपको रुपमा लिइन्छ । स्वीकार गरिएको निक्षेपको प्रकृति, मात्रा, सम्बन्धित खातामा राखिएका सर्त, रकम निक्षेप बापत ग्राहकले प्राप्त गर्ने सुविधा वा सहुलियत वा निक्षेप बापत ग्राहकले बैंक लाई तिर्नुपर्ने सेवा शुल्क आदिका आधारमा रकम निक्षेपलाई विभिन्न किसिममा वर्गीकरण गरेर व्यवस्थित गर्ने गरेको पाइन्छ ।
निक्षेपका प्रकारहरु:
१. चल्ती निक्षेप: चल्ती निक्षेप ग्राहकले चाहेको बखत (बैंकिङ्ग समय भित्र) प्रयोग गर्न पाउने प्रका्को निक्षेप हो । यसमा ग्राहकले जतीसुकै रकम राख्न तथा झिक्न कुनै प्रकारको सीमा रहदैंन । चल्ती निक्षेपमा बैंक तथावित्तिय संस्थाले व्याज प्रदान गर्दैनन् (गर्न पाउँदैनन्) बैंकहरुले सामान्यतया यस्तो निक्षेप रकममा कुनै शुल्क वा दस्तुर लिंदैनन । चल्ती निक्षेपको बढने र घटने क्रम अनिश्चित हुने भएकोले बैंकहरुको तरलता तथा नगद व्यवस्थापन सतर्कता पुर्वक व्यवस्थित गरिनु पर्छ । चल्ति खातामा रहने निक्षेपको लागी न्युनतम् रकम र खातामा रहनुपर्ने न्युनतम् मौज्दात बैंकको आफ्नो नीतिअनुसार हुन्छ ।
Most Important:
कर्जा लगानीका केही सिद्धान्तहरुको ब्याख्या:
२. बचत निक्षेप: बैंक तथा वित्तिय संस्थाहरुले निक्षेप वापत ग्राहकहरुलाई व्याज प्रदान गर्ने प्रकारको खातामा बचत खाता भनिन्छ । यसमा दिने व्याज बैंकको नीतिनुसार हुन्छ । यस प्रका्को खातामा रकम राख्ने हद नतोकिएको भए पनि रकम झिक्न भने हद तोकिएको हुन्छ । यस्तो खातामा रहेको निक्षेपलाई पनि फिर्ता हुने बढी सम्भावना भएको निक्षेपमा राखी बैंकहरुले आफ्नो नगद मौज्दात तथा तरलता व्यवस्थापन गर्नुपर्दछ ।
३. मुद्दती निक्षेप: खास समय सीमा सम्म बैंक तथा वित्तिय संस्थाहरुमा राखिने निक्षेप जुन त्यो समय व्यतित नभई फिर्ता गर्न वा झिक्न मिल्दैन त्यसलाई मुद्दती निक्षेप भनिन्छ । यस्तो निक्षेप राखे वापत बैंकहरुले ग्राहकहरुलाई उच्च व्याजदर प्रदान गरिरहेको हुन्छन् । अवधि जती धेरै हुन्छ ब्याजदर पनि बढी हुदैं जान्छ । कुनै कारणले ग्राहकले समय आगावै सो निक्षेप फिर्ता लिनुपर्ने भएमा बैंकलाई निश्चित दरमा शुल्क तिर्नु पर्दछ । यस निक्षेपको व्याजदर र भुक्तानीको तरिका तथा अवधि निश्चित गरिएको हुन्छ । यस्तो ब्याज सामान्यतया तीन/तीन महिनामा गणना गरी दिइन्छ ।
४. कल निक्षेप: चल्ती खातामा जस्तै रकम झिक्ने तथा राख्ने सुविधा र बचत खातामा जस्तै ब्याज दिने सुविधा भएका खाताहरुको प्रचलन र बैंकहरुले गर्न थालेका छन् । यस प्रकारका खातालाई Call Deposit Account भनिन्छ । यसमा विशेष प्रकारको निक्षेप स्कीमहरु सामावेश भएका हुन्छन् । बचत तथा मुद्दती खातामा रकम निक्षेप गर्न नपाउने संस्थागत ग्राहकहरुको पुँजी आकर्षित गर्ने र पुँजी संकलन लागत कम गर्ने बैंकहरुको रणनीति रहेको हुन्छ ।
५. अन्य निक्षेप: ब्याज प्रदान गर्ने वा नगर्ने गरी बैंक तथा वित्तिय संस्थाहरुले माथि उल्लेख भएकमा बाहेक अन्य प्रकारका निक्षेप खाताहरु प्नि सञ्चालन गर्ने गरेका छन् । अवकाश कोष, कर्मचारी सञ्चयकोष, बीमा व्यवस्थापन कोष आदि यस प्रकारा खाताहरु हुन् । बैंकहरुले विशेष ग्राहक योजना अन्तर्गत ल्याउने स्कीमहरु अन्य निक्षेपहरु हुन ।
Please click this link for more educational information