कर्जा लगानीका केही सिद्धान्तहरुको ब्याख्या:
बैंक तथा वित्तिय संस्थाहरुले सकेसम्म अधिक लाभ प्राप्त हुने गरी आफुसंग उपल्बध पुँजीको परिचालन गर्ने नीति बनाएका हुन्छन् । पुँजी परिचालनको यो नीतिनै लगानीको निर्धारक पक्ष हो । लगानीका सन्दर्भमा निम्न सैद्धान्तिक अवधारणहरुको अवलम्बन गर्ने गरिन्छ ।
१. तरलताको सिन्द्धान्त: लगानीको लागी पुँजीकोषको व्यवस्था र सो मा रहने तरलताको मात्रा, निक्षेप लगानी अनुपात, अनिवार्य नगद कोष अनुपात तथा बैधानिक तरलता अनुपात समेत जस्तो पक्षमा ध्यान दिनुपर्दछ । तरलताको उचित व्यवस्थापन बेगरको लगानीले बैकिङ्ग सुरक्षा तथा ग्राहकको विश्वास समेत कायम राख्न नसक्ने भएकोले तरलताको सिन्द्धान्तलाई बढी ध्यान दिनु आवश्य छ ।
२ सुरक्षाको सिद्धान्त: लगानी सुरक्षाको लागी उचि सुरक्षण जमानत, लगानी परियोजना वा ऋण लिनेको व्यवसायिक अवस्था, आर्थिक कारोवारको अनुपात जस्ता पक्षलाई दिनु पर्दछ । लगानी सुरक्षित रुपमा फिर्ता हुन सकेन भने त्यसले संस्थाको हित गर्दैन ।
३. मुनाफाको सिद्धान्त: बैंक तथा वित्तिय संस्थाको सञ्चालन लागत, पुँजु परिचालन लागत तथा आवश्यक सेवा शुल्कहरु सहित कटाएर वाञ्छित स्तरमा नाफा आर्जन गर्न सक्ने गरी लगानी गरिनु पर्दछ । अर्थात लगानीबाट लिने प्रतिफलको योजना बनाएर मात्र लगानी गरिनु पर्दछ ।
४. विविधिकरणको सिद्धान्त: तरलता, सुरक्षा र मुनाफाको सिद्धान्तलाई समायोजन गरी लगानीलाई पृथक रुपमा वा संयुक्त रुपमा समेत हेर्ने र त्यसवाट जोखिम कम गर्दै आम्दानी बृद्धि तथा लागत न्युनिकरण गर्नु सकिन्छ । यसलाई विविधिकरणको सिद्धान्त भनिन्छ । लगानीका क्षेत्रमा विविधिकरण, ग्राहक तथा सेवा अनुसारो सेवा शुल्क आदिमा विविधता कायम गर्नुको साथै कुनै एक क्षेत्रम सिर्जना हुनसक्ने जोखिमलाई अर्को क्षेत्रबाट परिपुरण गर्न सक्ने गरी व्यवस्थापन गरिनु पर्दछ ।
५. सामाजिक दायित्व र राष्ट्रिय हितको सिद्धान्त: बैंक तथा वित्तिय क्षेत्रको प्रमुख उद्देश्य लाभ मात्र नभइ अर्थतन्त्रको विकास, नयाँ प्रविधिहरुको प्रयोग, प्राथमिकता प्राप्त क्षेत्रम सहुलियत पुर्ण लगानी, अध्ययन अनुसन्धान तथा सामाजिक उतरदायित्व जस्ता विषय समेतको ख्याल गर्नु पर्दछ । प्रतिकुल परिस्थितमा पनि संस्थागत सुशासन र राष्ट्रिय हित रक्षामा योगदान गर्न सक्नुमानै लगानी नीतिको सान्दर्भिकता रहन्छ ।
Pingback: निक्षेपका प्रकार एवं संकलन तथा परिचालन – Education Fiber
Dear colleagues,
We at the Lactology Foundation understand that perpetual learning and maintaining up-to-date knowledge is critical to
your professional success. Therefore, we are pleased to present our special offer – 25% discount
on private medical practice literature!
Visit our website and use code: NUTRIPHARMA at
checkout to take advantage of a 25% discount. The offer
is valid until December 31, 2023.
Remember that knowledge is the key to a successful
healthcare career. Invest in it today and continue to thrive in your profession.
shop.toxylact.com
I enjoy reading a post that can make people think. Also, many thanks
for allowing me to comment!