व्यस्थापनका विशेषताहरु

१. गतिशील, निरन्तर, एकीकृत प्रक्रिया :

व्यवस्थापन एक गतिशील प्रक्रिया हो। देश, काल र परिस्थितिअनुसार (व्यस्थापनका विशेषताहरु) व्यवस्थापनको तौरतरिका, कार्यविधि र कार्यक्रियामा परिवर्तन भइरहन्छ । परिवर्तनलाई आत्मसात् गरी सोहीअनुरूप आफूलाई समायोजन गर्नु नै उत्तम. व्यवस्थापकीय कौशल हो। यस्तो व्यवस्थापकीय कौशललाई परिवर्तन व्यवस्थापन (Change Management) भनिन्छ । व्यवस्थापन निरन्तर प्रक्रिया हो । योजना, संगठन, निर्देशन र नियन्त्रण जस्ता व्यवस्थापकीय कार्य नियमित रूपमा सञ्चालन गरिन्छ ।

२. संगठनात्मक लक्ष्यप्राप्तिमा केन्द्रित :

व्यवस्थापन सदैव संगठनको लक्ष्य केन्द्रित (Target Oriented) हुन्छ। संगठनको लक्ष्य तथा (व्यस्थापनका विशेषताहरु) उद्देश्य प्राप्तिका लागि व्यवस्थापनले संगठनको सम्पूर्ण व्यक्तिलाई परिचालन गर्छ । लक्ष्यप्राप्तिका लागि नै योजना, रणनीति, कार्यक्रम तथा कार्ययोजना तर्जुमा गर्ने सोको कार्यान्वयन गर्ने तथा अनुगमन तथा मूल्यांकन गर्ने गरिन्छ । व्यवस्थापनका सम्पूर्ण गतिविधि यसैतर्फ केन्द्रित हुन्छन् । उपलब्ध समिति स्रोत तथा साधनको प्रभावकारी रूपले परिचालन गरी बढीभन्दा बढी उपलब्धि हासिल गर्ने संयन्त्र नै व्यवस्थापन हो।

३. मानवीय र संगठनात्मक स्रोतहरूको सामञ्जस्यता :

व्यवस्थापनले आफ्नो व्यवस्थापकीय, सीप, कौशल, प्रभावकारिताका आधारमा मानवीय एवं संगठनात्मक अन्य स्रोतहरूबीच सामञ्जस्यता ल्याई एकीकृत रूपमा तिनको परिचालन गर्ने कार्य गर्छ।

४. सर्वव्यापकता :

व्यवस्थापन सर्वव्यापी छ । के व्यक्ति, के परिवार, के समाज, के व्यावसायिक संगठन, के संगठित संस्था, के गैरसरकारी संस्था, के सरकार सबैमा व्यावसायिक सिद्धान्तको प्रयोग र पालना हुन्छ । व्यावसायिक सिद्धान्तको पालनाबिना कुनै पनि व्यक्ति वा संगठनले आफ्नो लक्षित उद्देश्य पूरा गर्न सक्दैन । यस अर्थमा मानवीय क्रियाकलापका हरेक पक्षमा व्यवस्थापनको आवश्यकता र

अपरिहार्यता रहेको हुन्छ।

५. सामाजिक प्रक्रिया :

व्यवस्थापन एक सामाजिक प्रक्रिया हो । यसले संगठनको उद्देश्यप्राप्तिका लागि मानवीय स्रोतलाई संगठित गर्ने, उत्प्रेरित गर्ने र समन्वय गर्ने काम गर्छ ।

६. विज्ञान र कला दुवै :

व्यवस्थापन विज्ञान र कला दुवै हो । विज्ञानका रूपमा व्यवस्थापनले संगठनका समस्याहरू समाधान गर्ने बाटो पहिल्याउँछ भने कलाका रूपमा व्यवस्थापनका सिद्धान्तहरूमा व्यवहारमा प्रयोग गर्ने व्यवस्थापकीय कौशल सिकाउँछ ।

७. अध्ययनको विषय :

व्यवस्थापन आफैमा एउटा अध्ययनको विषय हो । यो अध्ययनका अन्य विषयहरू जस्तो इतिहास, राजनीतिकशास्त्र, समाजशास्त्र, अर्थशास्त्र आदिसँग अन्तरसम्बन्धित हुन्छ ।

व्यवस्थापकीय मूल्य र मान्यता:

  • साधन र साध्यको शुद्धता।
  • अविवेकी सोचप्रति असहयोग ।
  • सेवा भाव विश्वव्यापकीय सोच ।
  • मानवीय प्रतिष्ठामा प्रतिबद्धता।
  • स्वतन्त्रता।
  • सन्तुष्टि ।
  • उदाहरणीय व्यवहार
  • प्रतीज्ञारत ।

व्यवस्थापनका मूलभूत चरित्र वा विशेषताहरू:

  • यो एक प्रक्रिया (Process) हो ।
  • यो एक अध्ययन विषय (discipline) हो ।
  • यो काममुखी (work oriented) हुन्छ ।
  • यो जहाँ पनि लागू (Universal) हुन्छ।
  • यसमा सामूहिक प्रयत्न (Group effort) संलग्न हुन्छ ।
  • यसले मानव क्षमता (Human capacity) बढाई दिन्छ।
  • यसलाई सम्भावनाको कला (Art of possibility) र स्वीकार्यताको कला (Art of acceptability) पनि मानिन्छ।
  • यो एक पेशा (Profession) हो।
  • यो बहु आयमिक (Multidimensional) र बहु अनुशासित (Multidisciplinary)

यो पनि पढनुहोस :-

ABBS र Mobile Banking को बारेमा जानकारी

RBB/NBL मा वृति विकासका लागी उपलब्ध अवसरहरु

निक्षेपका प्रकार एवं संकलन तथा परिचालन

कर्जा लगानी केही सिद्धान्तहरुको ब्याख्या

RBB को परिक्षामा सोधिने महवपूर्ण Short Question को जानकारी

राष्ट्रिय वाणिज्य बैंक सम्बन्धी जानकारी

नेपालको बैकिङ्ग क्षेत्रका वर्तमान चुनौती र सम्भवनाहरु

Please click this link for more educational information

Thanks for visiting our blog

Follow us for more information

Share and Enjoy !

Shares

Leave a Reply

Your email address will not be published.

Translate »
error: Content is protected !!