राष्ट्रिय वाणिज्य बैंक सम्बन्धी जानकारी

ब्याज मुल्तबी:  

राष्ट्र बैंकको एकीकृत निर्देशन अनुसार कर्जा लगानीमा प्राप्त हुनुपर्ने ब्याज नगदमा प्राप्त भएमा मात्र आम्दानी जनाउन पाउंछन् । तर, बुझाउनु पर्ने निर्धारित समय पुगेको ब्याज पनि नगदमा प्राप्त नभए सम्म त्यस्तो ब्याजलाई ‘ब्याज मुल्तबी” हिसाबमा राख्नुपर्छ । त्यसै, उठ्नुपर्ने भाका नाघेर खराब कर्जामा परिणत भएको ऋणको ब्याज रकमलाई पनि मुल्तबी हिसाबमा राख्नुपर्ने व्यवस्था छ ।

एटिएम:

अटोमेटेड टेलर मेसिन अर्थात् एटिएमलाई अन्तराष्ट्रिय बैकिङ भाषामा प्लाष्टिक मनी भनिन्छ । विकसित देशमा कार्र्डले खल्तीमै पैसा हाले सरह काम गर्दछ ।

ई बैंकिङ:

ई बैंकिङ भनेको इन्टरनेट मार्फत र्बैकले उपल्बध गराउने सेवा हो । यसबाट ग्राहकले बैंकबाट प्राप्त हुने सुविधाहरु इन्टरनेट मार्फत आफनै कम्प्युटरबाट उपभोग गर्न सक्दछन् । इ बैंकिङको प्रयोगबाट ब्यालेन्स हेर्ने, खातामा पाएको ब्याज छुटै हेर्ने स्टेटमेन्ट हेर्ने र प्रीन्ट गर्ने, नयां चेक बुकको अनुरोध गर्ने, हराएको चेक रोक्काको अनुरोध गर्ने, शाखालाई ग्राहकको सन्देश दिने लागायतका सेवा लिन सकिन्छ ।

ब्रान्चलेस बैंकिङ:

अहिले नेपालमा शाखारहित बैंकिङ सेवा निकै प्रभावकारी ढंगबाट संचालित छ । बैंकहरुले आफनो भौतिक शाखामा बिना बैंककै कर्मचारीहरुलाई एजेण्टको रुपमा प्रयोग गरी दुर्गम तथा गाउंगाउंमा दिने बैकिङ सेवा नै शाखारहित बैंकिङ सेवा हो । यस्तो बैकिङ सेवा सुगम क्षेत्रमा भन्दा दुर्गम क्षेत्रमा बढी सञ्चालनमा आएको पाइन्छ । नेपालको सन्दर्भमा अन्य बैकिङ सेवाको तुलनामा शाखा रहित बैकिङ सेवा सस्तो र छरितो मानिन्छ । बैंकहरुले दुर्गम क्षेत्रमा भौतिक शाखा विस्तार गर्न नसकेको अवस्थामा बैंककै कर्मचारीहरु मार्फत बैकिङ सेवा प्रवाह गरिरहेको हुन्छन् ।

मोबाइल बैंकिङ:

बैंक तथा वित्तीय संस्थाले आफनो कारोबार देशैभरी विस्तार गर्नका लागी मोबाइल् प्रविधि अन्तर्गत मोबाइल वा टयाबलेट बाट नै बैकिङ कारोबार गर्न सकिने गरि विभिन्न मोबाइल एप्लिकेसनहरु उपल्बध गराउंदै आएका छन्, जसलाई मोबाइल बैंकिङ भनिन्छ । मोबाइलबाट नै बैंकमा खाता खोल्ने, पैसा जम्मा गर्ने लगायतका कार्यहरु गर्न मिल्ने हुंदा बैंकहरुको प्रत्यक्ष पहुंच नपुगेको स्थानका मानिसहरु समेत बैकिङ सेवाबाट बञ्चित हुनु नपर्ने वातावरण मोबाइल बैकिङले निर्माण गरेको छ । मोबाइल बैकिङ चौविसै घण्टा उपलब्ध हुने हुदा सर्व साधारणहरुलाई बैकिङ सेवा प्राप्त गर्न सहज हुने गर्दछ । समयको बचत समेत हुने हुदा बैंकिङ निकै लाभदायक मानिन्छ ।

Please click this link for more educational information.

Thanks for visiting our blog

Follow us for more information

Share and Enjoy !

Shares

Leave a Reply

Your email address will not be published.

Translate »
error: Content is protected !!